महामन्त्री बनेकाे केही समयमै वादेले दिए एक पछी अर्काे खुशी

महामन्त्री बनेकाे केही समयमै वादेले दिए एक पछी अर्काे खुशी

काभ्रे / नेपाली कांग्रेस काभ्रेका नेता, संविधानसभा सदस्य, पुर्व उद्याेग राज्यमन्त्री कञ्चन चन्द्र वादेले बागमती प्रदेश महामन्त्री पदमा विजयी भएकाे केही समयकाे बिचमा काभ्रे कांग्रेस र काभ्रेली जनतालाई एक पछि अर्काे खु:शी रलसफलता दिलाउन सफल भएका छन् ।

वादेबाट विजयी यात्रा सुरुवातभए संगै काभ्रे कांग्रेसमय भएको महशुस जनताले गरेका छन् । वादे निर्वाचित भए सङ्गै केन्द्रिय सदस्यमा मधु आचर्य (खस आर्य) र गणेश लामा केन्द्रिय सदस्यमा (खुल्ला) निर्वाचित हुनमा अग्रणी भुमिका निर्भाह गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसको अधिवेशन पश्च्यातको पहिलो संघ सस्था अन्तर्गतको निर्वाचनमा वादेको अग्रसरतामा काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमा सरकारमा रहेको गठबन्धन तर्फका अध्यक्ष पदका उम्मेदवार सहित अधिकांश उम्मेदवार विजय गराउन सफल भएका छन्।

वादेको नेतृत्वमा उर्जाशील युवा नेतृत्व पार्टी देखि हरेक संघ संस्थाको अधिवेशनमा लागि परेको पनि यसपालि देखिएको छ। युवाहरुको साथका कारण नै आफू यो स्थानमा सम्मानका साथ पुगेको स्वयम् वादेको भनाइ छ।

काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि मा निर्वाचित कार्यसमितीमा अध्यक्ष: जितेन्द्र नकर्मी, उपाध्यक्ष: सागरनाथ कपाली, उपाध्यक्ष: निर्मला श्रेष्ठ , सचीव: सुरेन्द्र प्रसाद पौडेल , कोषाध्यक्ष: जीवन श्रेष्ठ, सह-सहिव: बिकास वादे, सञ्चालक सदस्य: रुसन श्रेष्ठ, बाल कृष्ण दाहाल, बिनोद सापकोटा, गणेश कुमार तामाङ्ग, रमेश प्रशाद न्यौपाने, सत्यवती भट्टराई र ज्ञानु दाहाल रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal