बनेपामा पहिलो पटक बेलरमा बिएचएम पढाई हुने

बनेपामा पहिलो पटक बेलरमा बिएचएम पढाई हुने

काभ्रेपलान्चोक / काभ्रेको बनेपामा लामो समय देखी शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बेलर इन्टरनेशनल एकेडेमिमा ब्याचलर लेभलको होटेल म्यानेजमेन्ट सम्बन्धि बिपिएच (ब्याचलर अफ प्रोफेसनल हस्पिटालिटी) पढाइ हुने भएको छ ।

काठमाडौ विश्वविधालयका उपकुलपति प्रोफेसर डा. भोला थापाको उपस्थितिमा बिहीबार एक समारोहका बिच काठमाण्डौं बिश्वबिद्यालयका रजिष्टार प्रा.डा. सुबोध शर्मा र ग्यालेसियर एडुकेशनल फाउण्डेशन प्रा.ली.(बेलर) का अध्यक्ष भोला थापा बिच सम्झौता भएपछि यो बिषयमा अध्यन गर्ने बिद्यार्थीहरुको लागी ढोका खुलेको हो । जिल्ला र आसपासका ईच्छुक बिद्यार्थीहरुको भबिष्यलाई मध्यनजर गरी यसै शैक्षिक सत्र बाट बिपीएच अध्यनका लागी भर्ना प्रारम्भ गरीने बिद्यालयको प्रिन्सीपल ईन्दु थापाले जानकारी दिइन

काठमाण्डौ बिश्वबिद्यालयको स्वीकृत शैक्षिक कार्यक्रम अन्तर्गत रही ग्लेसियर एजुकेशनल फाउन्डेशनले बेलर केयू शैक्षिक सत्र २०२१ । २०२२ देखी बिएचएम कार्यक्रम अन्तर्गत ३० जना मात्र बिद्यार्थीहरु भर्नाका लागी आवश्यक तयारी पुरा गरी सकेको प्रिन्सीपल थापाले जानकारी दिइन ।

काभ्रेको बनेपामा लामो समय देखी शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बेलरले विद्यार्थी र अभिभावकको मन जित्दै आएको छ । जिल्ला र आसपासका क्षेत्रका बिद्यार्थीहरुको भबिष्यलाई ध्यान दिदै यसै शैक्षिक सत्र देखी बिपीएच अध्ययनका लागी भर्ना प्रारम्भ गरिने विद्यालयका प्रिन्सिपल श्रीमती इन्दु थापाको भनाइ छ ।

सर्भिस क्षेत्रमा विद्यार्थीहरुको बढ्दो आकर्षण भएपनि होटल मेनेजमेण्ट गरे पछि दक्षता हासील स्नातक तहको शिक्षा आर्जन गर्न राजधानी धाउनु पर्ने वा अरू नै विषय रोज्नु पर्ने बाध्यता उक्त कार्यक्रमबाट केही हदसम्म विद्यार्थीहरुका लागि कमी हुने भएको छ । प्रयोगात्मक विषय भएकाले स्वदेश, विदेश वा कुनै पनि स्थानमा रहेर आत्मनिर्भरता बन्न मद्दत पुग्ने हुँदा युवाहरूको यस क्षेत्रमा आकर्षण बढेको छ ।

चारवर्षे कोर्स रहेको र पुरा गरुन्जेल विद्यार्थीहरुले प्रयोगात्मकमा काम गर्दा आउने रकमलाई जोगाउन सके बिद्यालय र बिश्वबिद्यालयमा तिर्ने शुल्क निकै कम लाग्ने बिपीएचका कोडिनेटर अनुप थापाले जानकारी दिए । सम्झौता भए बमोजिम काठमाडौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेण्टले तोकिएको मापदण्ड अनुसार शैक्षिक कार्यक्रमको सुपरिवेक्षण तथा रेखदेख गर्ने छ । पर्यटन क्षेत्रले विश्वभर आर्थिक समृद्धि हासिल गरिरहेको सन्दर्भमा उक्त विषयको अध्ययनले झनै सहज भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal