श्रृष्टी शाक्यकाे नेतृत्वमा बनेपा जुनियर जेसीज

श्रृष्टी शाक्यकाे नेतृत्वमा बनेपा जुनियर जेसीज

काभ्रे / बनेपा जुनियर जेसीजकाे ३७ अाैं वार्षिक साधारण सभा तथा २७ अाैं शाखा अधिवेशन बनेपाकाे गाैतम भिलेज रिर्साेटमा सम्पन्न भएकाे छ।

अधिवेशनबाट २०२२ काे लागि नयां नेतृत्व चयन भएकाे छ भने सम्पूर्ण निर्वाचनकाे पदहरुमा निर्विरोध निर्वाचित भएकाे छ । वर्ष २०२२ काे अध्यक्षमा श्रृष्टी शाक्य, कार्यकरणी उपाध्यक्षमा विबेक पुरि र कृष्ण श्रेष्ठ तथा उपाध्यक्षमा राेनिश श्रेष्ठ, श्रेया मानन्धर, कुशल श्रेष्ठ र अभिनेश शाक्य निर्विरोध निर्वाचित भएका छन् ।

नव निर्वाचित अध्यक्ष शाक्यले अाफ्नाे कार्यकालमा बनेपालाई नाे हर्न सिटि बनाउन पहल गर्ने र नेतृत्व विकास तालिमहरु धेरै भन्दा धेरै गर्ने प्रतिबद्धता व्यक्त गरिन । अाफ्नाे कार्य समितिलाई सशक्तरुपमा अगाडि लिएर जानकाे लागि कानुनी सल्लाहकारमा अायुष शाक्य, महासचिवमा राेजा शिल्पकार, काेषाध्यक्षमा श्रृष्टी श्रेष्ठ र तालिम संयाेजकमा वन्जल श्रेष्ठलाई मनाेनित गरेकिछन्।

शाखा अधिवेशनकाे सभापति वर्ष २०२१ का अध्यक्ष निर्जन गाैतले गरेका थिए भने प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष जेसी प्रकाश कायस्थ रहेका थिए ।

कार्यक्रममा काभ्रे जेसीज वर्ष २०२१का अध्यक्ष सुवास बैधले जुनियर जेसीजले गरेकाे सहयाेगकाे बारेमा प्रसंसा गर्नुकासाथै अागामी दिनमा पनि थप सहयाेगकाे अपेक्षा व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि प्रकाश कायस्थले अाफ्नाे नेतृत्वमा स्थापना भएकाे संस्था अाजकाे दिन सम्ममा झनै परिस्कृत भएर कार्यहरु गरेकाेमा खुसी भएकाे र याे संस्थाबाट उत्पादन भएका व्यक्तिहरुले नेपाल जेसीज सम्मकाे यात्रतय गरेकाेमा अाफुलाई गाैरव महसुस भएकाे कुरा बताए ।

शाखा अधिवेशन निर्देशकमा सुजन मर्हजन र निर्वाचन अधिकृतमा रसिक शाक्यलाई साधारण सभाबाट सर्वसम्मत रुपमा नियुक्त गरिएकाे थियाे ।

वर्ष २०२१का अध्यक्ष जेसी निर्जन गाैतमले अाफ्नाे कार्यकाल सफल बनाउन सहयाेग गर्ने काभ्रे जेसीज, काभ्रे महिला जेसीज र बनेपा जुनियर जेसीजका पूर्व अध्यक्ष, बाेर्डका पदाधिकारि तथा सदस्यहरुमा धन्यवाद व्यक्त गरेकाछन्। अधिवेशनमा शाखा अधिवेशन निर्देशक सुजन मर्हजनले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal