ट्रम्प-किम वार्ताका लागि अमेरिकाको तेश्रो तयारी तीब्र

ट्रम्प-किम वार्ताका लागि अमेरिकाको तेश्रो तयारी तीब्र

काठमाडौं । अमेरिका र उत्तर कोरियाबीच तनाव कम हुन नसकेको अवस्थामा पुनः ट्रम्प र किमको तेश्रो वार्ताको तयारी सुरु भएको अमेरिकी अधिकारीले जनाएका छन्  । 

ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियासँग फेरि वार्ताको प्रयास बइरहेको जनाएका छन् । एबीसी टेलिभिजनसँग कुरा गर्दै बोल्टनले भनेका छन्, ‘उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग तेस्रो शिखर वार्ताको लागि अमेरिका खुला छ ।’

तेस्रो वार्ताको वातावरण बनाउन अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै समय खर्चिरहेको बोल्टनको भनाइ छ । किमसँग व्यक्तिगत सम्बन्ध विकासको प्रयास भइरहेको उनले जानकारी दिए ।

उत्तर कोरियासँगको पहिलो ऐतिहासिक वार्ता सिंगापुरमा र दोस्रो शिखर वार्ता भियतनाममा भएको थियो । पहिलो वार्तामा भएका सहमति कार्यान्वयनको आधार तयार पार्ने भनिए पनि भियतनामको वार्ता निष्कर्षविहीन भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal