झलकमानको चर्चित गीत ‘तिम्रो नै माया’ हेमन्तले रेि-रेकर्ड गरेर ल्याए बजारमा

काठमाडाैँ । झलकमान गन्दर्भको ‘तिम्रो नै माया’ बोलको चर्चित गीतलाई सारंगी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीले रि-रेकर्ड गरेर पुनः बजारमा ल्याएका छन् ।

गायक रसाइलीले नेपाली लोक भाकालाई माया गर्दै गन्दर्भको कभर गीत गर्न पाउदा अत्यन्तै खुशी लागेको जनाए । उनले लुक्स नेपालसँग भने, इतिहाँसले मलाई झलकमान जस्तो उच्च कोटीको गायकको गीतलाई फेरि रेकर्ड गराउने अवसर प्रदान गरेको छ । मैले मेरो क्षमताले भ्याएसम्म गरेको छु दर्शक, स्रोताले कसरी लिनु हुन्छ त्यो भने मैले यसै भन्न सक्ने कुरा होइन् ।

युट्युबको ट्रेन्डिङ आेगटेर बसेको स्व. मन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जली गीतले उनलाई चर्चाको विषय बनाएको थियो भने उनी काचो सुन्तला, जीन्दगी, खै सरकार लगायत गीतमा संगित र स्वर भरिसकेका गायक हुन् । यस्तै उनले प्रसाद फिल्मको लै लै मा समेत सारंगी रेटेका छन्। यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफु आशावादी रहेको हेमन्तले जनाए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal