बाबुराम भट्टराई भन्छन, कम्युनिष्टले कम्युनिष्टमाथी नै प्रतिबन्ध र दमन गर्न खोज्नु अवसान नै हो !

बाबुराम भट्टराई भन्छन, कम्युनिष्टले कम्युनिष्टमाथी नै प्रतिबन्ध र दमन गर्न खोज्नु अवसान नै हो !

काठमाडौ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले कम्युनिष्ट सरकारले अर्को कम्युनिष्ट समुहलाई प्रतिबन्ध लगाउनु अवसानको बाटो भएको भन्दै सरकारमाथि कडा प्रहार गरेका छन् ।

डा. भट्टराईले फेसबुकमा लामो स्ट्यटस लेख्दै भनेका छन्, मार्क्सले भनेजस्तै इतिहास दुई पटक दोहोरिने र पहिलोपटक वियोगान्त र दोश्रो पटक मजाक भन्दै सरकारले मजाक गरेको तर्फ इङ्गित गरेका छन् ।

१० बर्षे जनयुद्धमा सहयोद्दा बनेका दुई सारथि गृहमन्त्री बादल र विप्लवको फोटो सेयर गर्दै डा. भट्टराईले सरकारले भद्दा मजाक गरेको भन्दै यस्तो लेखेका हुन् ।

एउटा कम्युनिष्ट सरकारले अर्को कम्युनिष्टलाई प्रतिबन्ध र राज्यको शक्ति प्रयोग गर्ने घोषणा गर्नु लज्जास्पद भएको भन्दै जर्मनी र छिमेकी मुलुक भारतको कुरा खोतल्दै यसबाट निस्किने परिणामबारे सचेत समेत गराएका छन् ।

सन १९१९ अर्थात् ठिक सय वर्ष पहिले जर्मनीमा समेत सोसिएल डेमोक्रेटिक पार्टी जर्मनीले कम्युनिष्ट पार्टी जर्मनीलाई प्रतिबन्ध दमन गरेपछि नेताहरुको बीभत्स हत्या भएको र छिमेकी भारतमा समेत १९६७-०७२ मा सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध दमग गर्दा चारु मजदुर लगाएत नेताहरुको हत्या भएको स्मरण गर्दै सरकारलाई दुरगामी हुन सचेत समेत गराएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal