वार्तामा आउने भए विप्लवलाई रातो कार्पेटमा सरकारले स्वागत गर्छः मन्त्री बास्कोटा

वार्तामा आउने भए विप्लवलाई रातो कार्पेटमा सरकारले स्वागत गर्छः मन्त्री बास्कोटा

काठमाडाैं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विप्लवलाई वार्तामा आउन आग्रह गरेका छन् ।

बाँस्कोटाले मन्त्री परिषदको निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवलाई रातो कार्पेटमा स्वागत गर्न सरकार तयार रहेको दाबी गरेका छन् ।

विप्लवका कतिपय मागमा जटिल र जायज नभएपनि सालिन भएर आएमा सरकारले शान्ति, अमनचयन, विकास र संबृद्धि हासिल गर्नेबाटोमा त्याग गर्न तयार रहेको जनाएका छन् ।

राज्यको अनुरोधलाई वेवास्ता गरेर अगाडी बढ्न खोजे राज्यले यसको समाधान खोज्ने कुरामा शंका नगर्न समेत आग्रह गरेका छन् । उनले विप्लवलाई इंगित गर्दै भने, कस्ता कस्ता त वार्तामा आए कोहि आउदैन भन्दैमा सरकार डराएर बस्दैन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal