प्रहरी र विप्वल कार्यकर्ता बीच गोली हानाहान

प्रहरी र विप्वल कार्यकर्ता बीच गोली हानाहान

काभ्रे/काभ्रेको रोशी गाउँपालिका २ खहरेपाँगूको काफलडाँडामा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ । गोली हानाहानमा के कति क्षति भयो यकिन जानकारी भने आएको छैन ।
विप्लव समूहका नेता तथा कार्यकर्ता त्यहाँ छन भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा टोली हिजो साँझ त्यहाँ पुगेको थियो । जिल्ला प्रहरी कार्यालयलाई समेत थाहा नदिई आएको टोली कार्वाहि गरेर फर्किएको जिल्ला प्रहरी कार्यालय श्रोतले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले घटनावारे थप जानकारी लिन जिल्ला पहरी कार्यालयको टोली घटनास्थलमा पठाएको जानकारी दिनुभयो ।
महाशाखाका अनुसार नेकपाको गतिविधिबारे सूचना आएपछि महाशाखाका एसपी सोमेन्द्र राठौर र डिएसपी रुगम कुँवर नेतृत्वको टोली खहरेपाँगु पुगेको थियो ।
मुलुकमा हिंसात्मक गतिविधि बढाएको भन्दै गत फागुन २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो । निर्णयको पालना गर्दै प्रहरी त्यस ठाउँमा पुगेको प्रहरी श्रोतको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal