विप्लवका चार नेता पक्राउ

विप्लवका चार नेता पक्राउ

काभ्रे/सरकारले नेकपा माओवादी विप्लव समुहको अपराधिक कृयाकलापमा प्रतिवन्ध लगाएसँगै शुरु भएको अप्रेसनमा प्रहरीले ४ नेता पक्राउ परेका छन् ।


काभ्रे जिल्लाको साविक शिखरआम्बोटे गाविस ८ हालको रोशी गाउँपालिका २ काफलेडाँडाबाट मंगलबार साँझ विप्लव समुहका झापाका शिव धिताल, दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । नेताहरुलाई नियन्त्रणमा लिने क्रममा अपराध अनुसन्धान महाशाखा टेकुको टोली र विप्लव समूह बीच गोली हानाहान भएको प्रहरीले जनाएको छ ।


महाभारत लेकमा पर्ने काफलेडाँडा दुर्गममा पर्छ । खानिखोलाको डाँडागगाउँ, बेथान्चोकको भुग्देउ महांकाल, रोशीको शिखरआम्बोटे र महाभारतको महादेवटार गरी चारवटा गाउँपालिकाको संगम रहेको त्यस क्षेत्रमा मोवाईल लोकेसनका आधारमा अपराध अनुसन्धान महाशाखाको टोली पुगेको थियो । काभ्रेमा लेकका छन् भन्ने खबर पाएपछि मंगलबार दिउसैबाट काभ्रेका विभिन्न स्थानमा प्रहरी परिचालन भएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का समेतलाई जानकारी नदिई उक्त समुह पक्राउ गर्न पुगेको महाशाखाको टोली राति ११ बजे फर्किएको थियो । महाशाखाका अनुसार नेकपाको गतिविधिबारे सूचना आएपछि महाशाखाका एसपी सोमेन्द्र राठौर र डिएसपी रुगम कुँवर नेतृत्वको टोली खहरेपाँगु पुगेको थियो ।


मुलुकमा हिंसात्मक गतिविधि बढाएको भन्दै गत फागुन २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो । निर्णयको पालना गर्दै प्रहरी त्यस ठाउँमा पुगेको प्रहरी श्रोतको भनाई छ । जिल्लामा घटना पछि सुरक्षा निकाय उच्च सतर्कता अपनाईएको सुरक्षा निकायले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले घटनाबारे जिल्लामा केहि थाहा नभएको जानकारी दिनुभयो । घटनाबारे जानकारी नभएपनि जिल्लामा सुरक्षा योजना बनाएर अगाडी जाने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal