साफ च्याम्पिएनसिप उपाधि चुम्न नेपाली चेली आतुर

साफ च्याम्पिएनसिप उपाधि चुम्न नेपाली चेली आतुर

विराटनगर । साफ महिला च्याम्पएनसिप फुटबल उपाधिका लागि नेपाले आज भारतसँग मुकाबिला गर्दैछ ।

नेपालले भारतलाई परास्त गर्ने भन्दै समर्थकले क्याम्पिएन नै गरेपछि खेलाडी समेत हाैसिएका छन् ।

विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजे सुरु हुने फाइनल खेलमा नेपाललाई उपाधि उचाल्ने माैका र घरेलु दर्शकको साथ छ । चौथो पटक भारतविरुद्ध साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रतिस्पर्धा गर्न लागि रहेको नेपाल आफ्नै भूमिमा उपाधि उचाल्न चाहन्छ ।

डिफेन्डिङ च्याम्पियन भारत साफ च्याम्पियनसिपको पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म भारतले कुनै खेल हारेको छैन । तर भारतको यस्तो रेकर्डलाई ब्रेक गर्दै यो पटकको साफ च्याम्पियन बन्ने उद्देश्यमा छ नेपाली टिम ।

प्रशिक्षक हरि खड्काले समेत नेपाली खेलाडी फिट एण्ड फाइन छन् । मनोबल उच्च छ यसका साथै उनीहरु खेललाई गम्भिर रुपमा लिएर दतर्क भएर खेल्ने गरेका छन् ।

भारत नेपालभन्दा कमजोर चाहिँ छैन । जारी साफ च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गर्दा भारतले तीन खेलमा १५ गोल गरिसकेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ६-० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा श्रीलंकालाई ५-० र सेमिफाइनलमा बंगलादेशलाई ४-० गोलअन्तरले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal