विप्लवका तेश्रो वरियताका नेता सुदर्शन पक्राउ

विप्लवका तेश्रो वरियताका नेता सुदर्शन पक्राउ

काठमाडौ । विप्लव नेतृत्वको नेकपाका स्थायी समिती सदस्य तथा मध्य केन्द्रिय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित आठ जना पक्राउ परेका छन् ।

शुक्रबार राती सुदर्शनको टोली काभ्रेको खानीखोला गाउँपालिका-०३ क्षेत्रबाट आठजना पक्राउ परेका हुन् ।

प्रहरी उच्च स्रोतका अनुसार ओलीसहित चन्द समूहका ललितपुर इन्चार्ज शंकर अधिकारी, एक गाडीचालक, धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, ललित तामाङसहितका कार्यकर्ता पक्राउ परेका हुन्।

स्रोतका अनुसार विशेष काभ्रेको काफलडाँडाबाट भागेर अर्कै स्थानमा पुगेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे, महानगरीय प्रहरी अपराध महाशाखा, प्रहरीको विशेष ब्यूरोको टोली परिचालन भएको थियो। प्रहरी त्यहाँ नपुग्दै गाडी चढेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal