विद्रोहको मुडमा छैन रोल्पा, यस्तो भन्छन उनीहरु

विद्रोहको मुडमा छैन रोल्पा, यस्तो भन्छन उनीहरु

काठमाडाैं । माओवादीको उर्वर भुमि रोल्पा विद्रोहको मुडमा देखिएको छैन् । क्रान्ति र विद्रोहको विगुल फुकिरहने रोल्पा यसपटक भने रोल्पाहरुली यसपटक बिल्कुलै विद्रोहको मूडमा छैनन् ।

आमरोल्पाली यतिबेला त्रसित छन् । एकातिर द्वन्द्व हुने हो कि भन्ने त्रज्ञास छ भने अर्कातिर उनीहरु अनिच्छापूर्वक दिइनुपर्ने चन्दाको मारमा छन् ।’

सदरमुकाम लिवाङ, घर्तीगाउँ, इरिवाङ, कोर्चावाङ, कुरेली, मिरुल, थवाङ, तिला, होलेरी आदि गाउँमा भेटिएका अधिकांश मानिस त्यो तहको द्वन्द्व होला भन्ने ठान्दैनन्। तर दैनिक जीवन बिथोलिने गरी समाज हिंसामै फर्किने हो कि भनेर त्रसित भने छन्। माडी गाउँपालिका कोर्चावाङ, मिनहीमा होटल व्यवसाय गरिरहेकी भीमा पुनले दिएको प्रतिक्रियामा यस्तै त्रास भेटिन्छ। ‘हिजो द्वन्द्वका बेला माओवादीलाई पालियो कर तिरियो, अब विप्लवलाई तिर्नुपर्ला’, उनी भन्छिन्, ‘विप्लवले जनतालाई पेल्ने हो, पुलिसले पनि माओवादी पाल्यो भनेर हामीलाई नै पेल्ने त हो।’ आजको नागरिक दैनिकले लेखेको छ ।

रोल्पालीहरु क्रान्ति या विद्रोह मात्रै गरेर मुलुक नबन्ने र जनताको भविष्य नै अन्याैलतामा फस्ने भएकाले स्थिरता चाहेका छन् ।

विप्लव समूह नियन्त्रणमा सरकारले लिएको नीतिबारे पनि नागरिकले एक विश्लेषण छापेको छ । सके फकाउने नभए तर्साउने नीति सरकारले अख्तियार गरेको उसको विश्लेषण छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal