कुञ्ज थिएटरमा ‘लिलामे माइलो’, माइला-माइलीलाई छुट

कुञ्ज थिएटरमा ‘लिलामे माइलो’, माइला-माइलीलाई छुट

नयाँ बानेश्वर थापागाउँस्थित कुञ्ज थिएटरमा ‘लिलामे माइला’ नाटकको विशेष शो प्रर्दशन भइरहेको छ । यो मङसिर १२ र १३ गते विशेष शो देखाइनेछ भने मङसिर १४ गते देखि पुस ७ गते सम्म निरनन्तर मञ्चन हुनेछ ।

१४ गते देखि व्यापारिक हिसाबले मञ्चन गरिने नाटकमा हरेक परिवारको माइला र माइली सन्तानलाई निशुल्क गरिने नाटकका कार्यकारी निमार्ता राजाराम गौतमले बताए । उनले भने ‘हरेक परिवारका माइला माइली अलि भिन्न किसिमका हुन्छन् । त्यसैले यो नाटकको नाम लिलामे माइलो जुराइयो । जब हामीले लिलामे माइलो भनेर नाम राखि सकेपछि किन माइलो सन्तानलाई निःशुल्क नगर्ने भन्ने सोचेर यो अफर राखेको हौं । छुट दिने विषयमा नाटक हेर्न आउँदा कान्छो र जेठो पनि साथै हुनुपर्छ ।’

लोक नाटक लिलामे माईलो मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङआसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । यो नाटकको लागि ६ महिना अनुसन्धान गरेर तयार पारेको गौतमको भनाइरहेको छ । ‘नेपाली समाजको मौलिकता झल्काउने उद्देश्यले हामिले ६ महिना फिल्ड मै गरेर अध्ययन गरेका छौ । अध्ययन प्रश्चात हामीले नाटकलाई जिवन्त बनाउने कोशिस गरेका छौ । यो नाटक अरु नाटक भन्दा अली लामो रहेको छ । हामिले दिन खोजेको कुरा पनि दिनै पर्याे । छोटो बनाउने ठाँउ नपाएर नाटकको अवधि लगभग १ घण्टा ३५ मिनेटको रहेको छ । समय अवधी लामो भएपनि दर्शकहरुले नाटकको भरपुर मनोरञ्जन लिने छन् ।’ उनले भने ।

प्रभाकर न्यौपानेको कथा लेखन र निर्देशनमा बनेको नाटकमा विजय नेपाल, विरेन्द खातिन, निशा पाख्रिन, पुष्प अवस्थी, सलमान गुरुङ, राजन भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । बुधबार बाहेक यो नाटक हरेक दिन साँझ ४ः३० बजे देखि मञ्जन हुनेछ भने सार्वजनिक विदाको दिन र शनिबार दिउसो १ बजे पनि मञ्चन हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal