राजनीतिक स्थायित्वसंगै द्वन्द्धका घाउहरु टुंगिएः प्रधानमन्त्री ओली

राजनीतिक स्थायित्वसंगै द्वन्द्धका घाउहरु टुंगिएः प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले बहुमतको सरकार बनाएकाले राजनीतिक स्थायित्व कायम भएको दाबी गरेका छन् ।

संविधान प्रतिको असन्तुष्ठि होस या पृथकतावाद त्यो सबै अन्त्य भएको छ । संविधान नमान्ने सबै तत्व परास्त भएको भन्दै द्वन्द्ध टुंगिएको जनाएका छन् ।

राष्ट्रिय विकास परिषद् २०७५को उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन् ।

द्वन्द्धका केहि घाउ बाँकी रहेका होलान तर प्रायः कुरा टुंगिएको छ । प्रधानमन्त्री ओलीले भने । नेपाललाई असफल बनाउन विभिन्न किसिमका कुराहरुमाथि प्रयास भएपनि राष्ट्रिय एकताका निम्ति शान्ति समाजको पर्याय बन्न सफल भएको भन्दै यस्ता कुरा सामाजिक ट्रेन्ड बनेको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व भएकाले सम्पूर्ण शक्ति विकास र संवृद्धिका लागि लागि पर्ने जनाएका छन् । विदेशी लगानीलाई भित्र्याएर नेपालको विकासलाई उचाईमा पुर्याउने काम गर्न सरकार सबै किसिमको शक्ति परिचालन गर्ने जनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal