स्मल हेभन स्कूल, कल्याणपुरमा मंसिर २०,२१ र २२ गते अन्तर विद्यालय एथ्लेटिक्सआयोजना हुदै

स्मल हेभन स्कूल, कल्याणपुरमा मंसिर २०,२१ र २२ गते अन्तर विद्यालय एथ्लेटिक्सआयोजना हुदै

चितवनकै उत्कृष्ट विद्यालय मध्येको एक स्मल हेभन स्कूल कल्याणपुरले जिल्ला भरिका सबै विद्यालयलाई निमन्त्रणा गरी ८औँ अन्तर—विद्यालय स्तरीय एथ्लेटिक्स प्रतियोगिता २०७५को आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले गर्नुहुने जानकारी आयोजकले गराएको छ ।


विद्यार्थीका खेल र खेलकुदजन्य प्रतिभाको प्रस्फुटन गरी चितवनबाट उत्कृष्ट स्तरका खेलाडीहरु उत्पादन गर्ने उद्धेश्यले बिगत ८ बर्षदेखि यो प्रतियोगिता संचालन हुँदै आईरहेको छ । जिल्ला खेलकुद विकास समिति चितवनका कुशल प्रशिक्षकहरुद्धारा संंचालन हुने यस कार्यक्रमले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप, मानसिक तथा शारीरिक विकासमा उल्लेख्य योगदान पुयाउन सफल हुने विश्वास आयोजकले लिएको छ ।
अन्तर—विद्यालय एथ्लेटिक्स प्रतिस्पर्धा २०७५ मा विभिन्न प्रकारका खेलकुद तथा इभेन्टहरु आयोजना हुनेछन् जसममा विभिन्न दुरीका दौड प्रतियोगिता, रिले दौड, म्याराथुन, सटपुट, टग अफ वार, कबडी लगायतका खेलहरु समावेस गरिएका छन् । कार्यक्रममा समभागी बन्न चितवन जिल्ला तथा आसपासका छिमेकी जिल्लाहरुलाई आधिकारिक निम्तो समेत दिइसकिएको जानकारी आयोजकले गराएको छ ।
इभेन्ट यही मंसिर २०, २१ र २२ गते सम्म संचानलन हुनेछ भने इभेन्ट हुने स्थान स्मल हेभन स्कूल, कल्याणपुरको प्रांगणमा रहनेछ । इभेन्टमा सहभागी बनी कार्यक्रम लाई भव्य र सफल पार्न विद्यालयका प्रिस्सिपल प्रशान्त कुमार नेपालले सवै जिल्लाबासीहरुमा अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal