नेविसंघको एक रुपैयाँको व्यङ्ग विष्णु पौडेललाई

नेविसंघको एक रुपैयाँको व्यङ्ग विष्णु पौडेललाई

बनेपा, ३० चैत्र २०७५ । नेपाल विद्यार्थि संघ काभ्रेले बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका भन्नमा आएका पिडित नेकपाका महासचिब एबम पूर्व (अर्थमन्त्री बिष्णु पौडेलका लागि क्षतिपूर्ति दिन एक रुपैंया व्यङग्यात्मक अभियान सुरु गरेको छ ।


“दुई तिहाइको सरकार, माफियाको उपयोग,
क्षतिपूर्ति स्वरुप तपाइँ हाम्रो सहयोग”
भन्ने नारा लिएर नेविसंघ सडकमा आएको हो ।

बालुवाटारको सरकारी जग्गा पिडित नेकपा नेता बिष्णु पौडेलको सहयोग लागी बटुवा संग रकम संकलन अभियान गरेको विद्यार्थि नेता रविन गौतमले जानकारि दिए । बनेपा चारदोबाटो बजारमा बटुबासंग एक एकरुपैयाका दरले सहयोग जम्मा ६७३ रुपैयाँ उठेको विद्यार्थि नेता गौतमले जानकारी दिए ।

जम्मा भएको रकम नेपाल सरकारलाई हस्तान्तरण गर्ने विद्यार्थि नेता भुषण अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal