काठमाडौ मलका व्यापारीद्वारा सम्पादक शाहमाथी आक्रमण !

काठमाडौ मलका व्यापारीद्वारा सम्पादक शाहमाथी आक्रमण !

काठमाडौ । कोर्पोरेट खबरका सम्पादक उज्ज्वल जंग शाहमाथी मलका केही व्यापारी समूहद्वारा संघातिक हमला भएको छ ।

काठमाडौ मल परिसरमा सम्पादक शाहमाथी हमला भएको हो । काठमाडौ मलस्थित फेसिएल हाउसबाट फर्कदै गरेका शाहमाथी काठमाडौ मल व्यापार संघबाट राजीनामा दिएका समूहबाट आक्रमण भएको शाहले जनाएका छन् ।

आक्रमणबाट शाह घाइते भएका छन् । भने, उनको नर्भिक अस्पतालमा उपचार भैरहेको छ ।

सम्पादक शाहले काठमाडौ मलमा भएको आर्थिक अनियमितताबारे निरन्तर खोजबिन गरेर समाचार लेख्दै आएका थिए ।

मलाई रिस साध्न केही मान्छेले आक्रमण गरेका हुन् । यस्ता कामबाट मेरो कलम रोकिन्न । सम्पादक शाहले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal