निजी विद्यालयका लागि तोकेको शुल्क तत्काल खारेज गर्न माग

निजी विद्यालयका लागि तोकेको शुल्क तत्काल खारेज गर्न माग

काठमाडौं /निजी विद्यालयका लागि तोकेको शुल्क तत्काल खारेज गर्न माग नेपाल अभिभावक महासंघले निजी विद्यालयका लागि तोकेको शुल्क तत्काल खारेज गर्न काठमाडौं महानगरपालिकासँग माग गरेको छ ।

नेपाल अभिभावक महासंघका संयोजक सुप्रभात भण्डारीले ३० प्रतिशत वृद्धि हुनेगरी तोकिएको सो शुल्क तत्काल खारेज गर्न काठमाडौं महानगरपालिकासँग माग गरेका हुन् ।

उनले सरोकारवाला निकायसँग छलफल नै नगरी शुल्क वृद्धि गरेर आम अभिभावकहरुलाई मारमा पार्ने काम स्थानीय सरकार आफैले गर्न थालेको भन्दै आक्रोश पनि व्यक्त गरे । 

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले अभिभावकहरुले निजी विद्यालयमा निःशुल्क पढाउन नचाहेको भन्दै शुल्क अत्याधिक वृद्धि गर्ने काम नरोके काठमाडौं महानगरपालिकाविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए । 

कार्यक्रममा बोल्दै उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले स्थानीय सरकारले  शैक्षिक वातावरण नै धमिल्याउने गरी निजी विद्यालयहरुको शैक्षिक शुल्क तोक्ने गरेको भन्दै आपत्ति जनाए । 

उनले शुल्क निधारण गर्दा सरोकारवाला निकायसँग व्यापक छलफल गर्न पनि सबै स्थानीय तहको गम्भिर ध्यानाकर्षण गराए । 

काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका विद्यालयहरुको शुल्क ३० प्रतिशतले वृद्धि गरेकोमा सर्वत्र आलोचना हुँदै आएको छ 

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal