खानीखोला ७ मिल्चेमा बने सबै पक्की बिद्यालय भवन (फोटो फिचर)

खानीखोला ७ मिल्चेमा बने सबै पक्की बिद्यालय भवन (फोटो फिचर)

मिल्चे/२०७२ साल बैशाख १२ को भूकम्पले तहसनहस भएका मिल्चेका बिद्यालयहरु पुनःर्निर्माण सम्पन्न भएपछि बिद्यार्थी, स्थानीय, शिक्षकहरु खुशी भएका छन । भूकम्प पश्चात पुनर्निर्माणमा नाङशाल एशेसियसन नेपाल तथा वी वल्र्ड ओनलस्ले मिल्चेका बिद्यालय पुनःर्निर्माणमा सहयोग गरेको थियो ।


छिमेकी गाउँपालिका महाभारत तथा सोही खानीखोला गाउँपालिकाका अधिकांश बिद्यालयको निर्माण शुरु नै नभएको अवस्थामा खानीखोला गाउँपालिका ७ मिल्चेमा रहेका नौ वटै बिद्यालयमा पक्की बिद्यालय भवन निर्माण सम्पन्न भएको स्थानीयहरुले बताएका छन । नाङशालले बुद्ध माध्यमिक बिद्यालयमा चार कोठा, सरस्ववती आधारभुत बिद्यालय, रक्त आधारभुत बिद्यालय, गणेश आधारभुत बिद्यालय, ज्वालादेवी आधारभुत बिद्यालयमा २/२ कोठा तथा जनचेतना आधारभुत बिद्यालयमा एक कोठा भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको छ ।


नाङशाल त हाम्रो ‘भगवान’ नै बनेर आयो बिद्यालय हस्तान्तरण तथा समुदघाटन कार्यक्रममा खानीखोला वडा न ७ का अध्यक्ष क्षेत्रमान घ्यावाले खुशी साट्दै भने, भुगोलले ठगेको, कोही संघसंस्था नहाउने, सरकारी स्तरबाट पनि खासै सहयोग नपाइने ठाउँलाई छनौट गरेर साँच्चिकै भगवानको रुपमा नाङशाललाई पाउँदा भावविहल छौ । भूकम्पपछिको बिद्यार्थी पढाउँदाको स्थिती सम्झदै घ्यावाले भने, हावा, हुरी, पानी, बतास, घामबाट कसरी बिद्यार्थी बचाउने भन्ने चिन्तामा थियौ, तर अब गुणस्तरीयता कसरी बढाउने भन्नेमा अगाडि बढ्न पाएका छौ । उनले मिल्चेका नौ वटै बिद्यालयमा भवन बनेको बताए । हामीलाई दुःख परेको थियो, धेरै संघसंस्थालाई गुहा¥यौ तर कसैले सहयोग गर्न मानेन, विकट छ, हामी सक्दैनौ भन्ने जवाफ पायौ । नाङशाल मात्र त्यस्तो संस्था भेटियो जसले हाम्रो पीडालाई बुझयो र यहाँका मानिसको दुःखमा साथ दियो । उनले खुशी साट्दै भने, जसले दुःखमा साथ दियो त्यो नै हाम्रो भगवान हो ।


शुक्रबार नाङशाल एशोसियसन नेपाल तथा वी वल्र्ड ओनलस्ले मिल्चेमा निर्माण सम्पन्न गरेका बिद्यालयहरु एक कार्यक्रमका बीच हस्तान्तरण गरेको थियो । नाङशाल एशेसियसन नेपालका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष रामबाबु घ्यावा, कोषाध्यक्ष सुनिता तामाङ, कार्यकारी निर्देशक गुणराज मुक्तान, जिल्ला कार्यान्वयन इकाई (शिक्षा) का प्रतिनिधि सविन कायष्थ, वी वल्र्ड ओनलस्का प्रतिनिधि श्रीकान्त लुईटेलले संयुक्त रुपमा बिद्यालयका प्रअ तथा विव्यस अध्यक्षहरुलाई भवन हस्तान्तरण गरेका हुन ।


हस्तान्तरण कार्यक्रममा बोल्दै नाङशालका अध्यक्ष लामाले नाङशाल भने कै विकटतामा काम गर्न रुचाउने संस्था भएको बताए । यहाँ कोही पनि आउन मान्दैनन तर हामी विकट गाउँगाउँमा जनताको प्रत्यक्ष दुःखमा साथ दिन पाउँदा गर्व महसुस गछौ । उनले मिल्चेका बिद्यालय निर्माणका लागि मात्र दुई करोड ५० लाख लगानी नाङशालले गरेको बताए ।


नाङशालका कार्यकारी निर्देशक मुक्तानले यस क्षेत्रको गुणस्तरीयता बढाउन संस्थाले काम गरेको बताउँदै यसलाई प्रभावकारी बनाउन शिक्षक, अभिभावक, बिद्यार्थीले ध्यान दिन सक्नुपर्नेमा जोडदिए । हामीले तीन बर्षका लागि कार्यक्रम गरेका थियौ, अब सकिदै छ । तपाईहरुले बिद्यालय भवनको संरक्षण र शिक्षाको गुणस्तरीयता बढाउनुहुने छ भन्ने विश्वास लिएका छौ । मुक्तानले भने ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वनय इकाई (शिक्षा) का प्राविधिक सविन कायष्थले नाङशालले निर्माण गरेका बिद्यालयहरु गुणस्तरीय रहेको बताए । उनले शिक्षाबाट पनि मिल्चेमा भवन बनिरहेकाले शिक्षक, अभिभावकलाई गुणस्तरीयतामा सम्झौता नगर्न आग्रह गरे ।

वी वल्र्ड ओनलस्का प्रतिनिधि लुईटेलले नाङशाल एशोसियसनको छनौट साँच्चिकै विकट र दुरदराजका जनताका रहेको पाएकाले अन्य कार्यक्रमहरुमा पनि सम्झौता गर्न तयार रहेको बताए ।

बुद्ध माध्यमिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत घिसिङले भूकम्पपछि बिद्यार्थीलाई बाख्रा कोचे जसरी दुई वटा टिएलसीमा राखेर पढाएको सम्झदै नाङशालले मिल्चेको मुहार नै फेरिदिएको बताए । हामीले भवन मात्र पाएका छैनौ, बिद्यालयमा चाहिने फर्निचर, खेलकुद सामग्री पनि आएका छौ, यसले बिद्यालयमा गुणस्तरीय शिक्षा दिन सहजता थपेको छ । उनले भने ।

सरस्ववती आधारभुत बिद्यालयका प्रधानध्यापक रामबाबु घ्यावाले भवन पाएपनि यहाँका बिद्यालयमा अझै गुणस्तरीय शिक्षा चुनौती रहेकाले नाङशालले यस्ता कार्यक्रममा निरन्तर आवश्यक रहेको बताए । त्यस्तै सोही बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर घ्यावा, रक्त आधारभुत बिद्यालयका प्रधानध्यापक रत्न लामाले बिद्यालय निर्माणले खुशी भएको बताए ।

नेपाल पत्रकार महासंघका कोषाध्यक्ष एव् प्रेस युनियनका अध्यक्ष कपिल कोइरालाले डाँडापारि सुगमता तिर जाँदै गएको बताउँदै यहाँका दुख पीडामा सञ्चारकर्मी सधै साथमा रहेको बताए ।
सानदोर्जे निर्माण कम्पनीका कार्यकारी निर्देशक देवराज लामाले स्थानीयको सहयोगले बिद्यालय निर्माण छिटो गर्न सकेको बताए । स्थानीय रामबहादुर थिङले चौरमा पढिरहेका बिद्यार्थीलाई भवनसम्म पु¥याउन मद्त गर्ने नाङशाललाई मिल्चेबासीले कहिलै भुल्न नसक्ने बताए ।

नाङशाल एशोसियसन नेपाल अन्र्तगत सामुदायिक बिद्यालयहरुमा बालमैत्री वातावरण तथा शौक्षिक गुणस्तर सुधार परियोजनाका संयोजक टिआर खतिवडाले नाङशाल एशोसिएसनले ११ वटा बिद्यालय निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको बताए । मिल्चेका ६ बाहेक पाँचखालको भुवनेश्वरी आधारभुत बिद्यालयका चार कोठा, जनभावना आधारभुत, गणेश मावि, जनउद्धार आधारभुत र धुलिखेलको कालिदेवी आधारभुत बिद्यालयको १÷१ बाल विकास कक्षा निर्माण गरिदिएको बताए । उनका अनुसार नाङशालले २ कोठे ८ वटा र १ कोठे ५ वटा सहित २१ वटा कक्षा कोठा निर्माण भएको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal