यूएईमा आदिवासी महोत्सव हुने


वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका आदिवासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासङ्घ यूएईले २८औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा ‘आदिवासी महोत्सव–२०२२’ कार्यक्रम गर्ने भएको छ । महोत्सव अगस्ट १४ तारिक दुबई शहरस्थित बरदुबईको क्लब एभरेष्टमा नेपाली दूतावास अबुधावीका राजदूत कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यमा हुने बताइएको छ ।

कार्यक्रममा आदिवासी जनजातिहरुको पुरातात्त्विक महत्त्व बोकेका भेषभूषा र कला सांस्कृतिक झाँकी प्रदर्शनका साथै आदिवासी युवाहरूको व्यक्तित्व विकासका लागि ‘मिस्टर र मिस इन्डिजेनस’  प्रतियोगिता राखिएका आदिवासी जनजाति महासङ्घ यूएईका अध्यक्ष विजयलक्ष्मी राईले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रवासी कलाकारको समेत बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा नेपालको मौलिक संस्कृति झल्किने कला प्रदर्शनी र नेपाली समुदायको सेवामा खटिने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिनेछ । Source: Gorkhapatra


प्रकाशित : २०७९ श्रावण १२, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित