नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक, सुरुमा ८५० जना जाने


जापानी भाषा र सीप परिक्षा उर्तिण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फवाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो ।

बुधवार मन्त्रालयले बिज्ञप्ति जारी गरी भाषा र सीप परिक्षामा उर्तिणलाई सीपयुक्त श्रमिक कोटावाट जापान पठाउने अन्तिम तयारी भएको जनाउँदै बिहिवार संयुक्त बैठक बस्ने जानकारी दिएको थियो । सो प्रणाली अन्र्तगत कृषि, मत्यस्यपालन, औद्यगिक क्षेत्र, होटेल तथा रेष्टुरेन्ट, पर्यटन, निमार्ण, नर्सिङ र केयरिङलगायत १४ वटा क्षेत्रमा भाषा र सीप परिक्षा उर्तिण भएका नेपालीले काम गर्ने अवसर पाउने छन ।

दक्षिण कोरिया पछि सुरक्षित र आर्कषक आम्दानी हुने देशमा पर्ने भएकाले पहिलो पाँच बर्षमा ४५ हजार १ सय ५० नेपाली श्रमिकलाई जापान लैजाने दुवै देशका बिचमा अनौपचारिक सहमति भएको थियो । गत ११ चैत २०७५ मा उच्च सीपयुक्त कामदार अन्तर्गत नेपाली नागरिकलाई जापनामा रोजगारीको अवसर प्रदान गर्ने गरी नेपाल र जापान सरकार बिच श्रम समझदारीमा हस्ताक्षर भएको हो ।

कोरोना महामारीका कारण झन्डै तीन बर्ष अडकिएको सो प्रक्रिया सुरु गर्नका लागि आज नेपाल र जापानबीच संयुक्त बैठक बस्न लागेको हो ।
Source: ehimalaya Times 


प्रकाशित : २०७९ श्रावण १९, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित