थुप्रियो चारैतिर फोहोर, कुरूप बन्दै काठमाडौं


काठमाडौंमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठ्न रोकिएपछि सिंगो उपत्यका कुरूप देखिनुका साथै हैजा फैलने खतरासमेत बढेर गएको छ । फोहोर व्यवस्थापनका लागि प्रभावकारी पहल अघि बढाउन केन्द्रदेखि स्थानीय सरकार नै असफल बनेको काठमाडौंवासीको भनाइ छ ।

पछिल्लो समय काठमाडौका मेयर बालेन्द्र शाहले पनि फोहोर उठाउने विषयलाई उच्च प्राथमिकतामा राख्न नसक्दा काठमाडौं फोहोरमाडांैका रूपमा विकास हुन पुगेको आरोप स्थानीयवासीको छ । केन्द्रीय सरकारका प्रधानमन्त्री शेरबहादुृर देउवा, सहरी विकासमन्त्री मेटमणि चौधरी तथा मुख्य सचिव शंकरदास वैरागीलगायतका उच्च पदस्थहरूले पनि काठमाडांैको फोहोर व्यवस्थापन गर्ने कार्यमा चासो दिन सकेका छैनन् ।

सरकारी निकाय रमिते

काठमाडौं उपत्यकाका चोक तथा गल्लीमा हप्तौंदेखि फोहोर थुप्रिँदै आएको छ । सम्भवत फोहोर नथ्रुप्रिएका ठाउँ छैनन् । लामो समयसम्म सडक तथा चोकमा फोहोर थुप्रिँदा हैजाको प्रकोप बढ्ने सम्भावना बढेर गएको हो ।

काठमाडौं महानगरपालिका आफैं पनि समेत लामो समय फोहोर नउठ्दा हैजालगायत प्रकोप बढ्न सक्ने खतरा उत्पन्न भएको जनाएको छ । ‘लामो समय फोहोर उठ्न नसक्दा दुर्गन्ध बढेको छ, हैजा फैलने खतरा उत्पन्न भएको छ ।’ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले भनिन् ।

महानगरपालिकाले आफ्नो तर्फबाट फोहोर उठाउने विषयमा सबै विकल्प खुला गरेर काम गर्दा पनि स्थानीयको अवरोधका कारण नियमित फोहोर उठाउन नसकिएको जनाएको छ ।

काठमाडौं महानगरपालिकाले यसअघि फोहोर विसर्जन गर्ने नुवाकोटस्थित सिसडोल तथा बन्चरेडाँडा ल्याल्डफिल्ड साइटको बाटो निर्माणका लागि काठमाडौंवासीलाई एक साता घरमा नै फोहोर राख्न अनुरोध गरेको थियो । एक सातापछि फोहोर उठाउने क्रममा बाटो बिग्रिएको, प्रदूषण बढेको जस्ता समस्या लिएर ल्यान्डफिल्ड साइटका स्थानीयले फोहोर बोकेका गाडी आवातजावत रोकेका थिए ।

गत वैशाख र जेठ पनि फोहोर उठाउन बन्द भएको थियो । जेठ अन्तिम साता सरकार र स्थानीयबीच सहमति भएसँगै फोहोर उठाउन थालिएको थियो । स्थानीयले जग्गा अधिग्रहण प्रक्रिया थालनी गरिनुपर्ने, फोहोर संकलन गर्दा नै कुहिने र नकुहिने फोहोर छुट्टयाउने र कुहिने फोहोरलाई मल कारखानामा लैजानुपर्ने, स्थानीय समुदायको रोजगारसम्बन्धी व्यवस्था हुनुपर्ने, स्वास्थ्य बिमाको व्यवस्था हुनुपर्ने, सडकको स्तरोन्नति गरिनुपर्नेजस्ता माग राख्दै आएका थिए । स्थानीयका माग सम्बोधन गर्नेमा सरकार सकारात्मक देखिएपछि सहमति जुटेको थियो ।

सरकार र स्थानीय जनप्रतिनिधि तथा स्थानीयबीच सहमतिअनुसार सरकारले बाटो निर्माणलगायतका काम अहिले पनि गर्दै आएको छ । तर, कतिपय ठाउँका स्थानीयले फोहोरका गाडीका कारण दूध बोक्ने गाडीलाई समस्या भएको, बाटोमा दुर्गन्ध फैलिएकोलगायका कारण देखाउँदै फेरि फोहोरका गाडी आवातजावतमा अवरोध सिर्जना गर्ने गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

एउटा समूहसँग सहमति गर्ने गरे पनि विभिन्न समयमा अलगअलग समूहले विभिन्न मागमा फोहोरका गाडी आवातजावतमा समस्या पार्ने गरेको महानगरपालिकाको गुनासो छ । स्थानीयले भने आफ्ना माग सम्बोधन गर्न सरकार तयार नदेखिएको आरोप लगाउने गरेका छन् ।

विगत १६ वर्षदेखि नुवाकोटको सिसडोलमा काठमाडौं, ललितपुरलगायत ठाउँको फोहोर फालिँदै आएको छ । सरकारले दिगा रूपमा फोहोर व्यवस्थापन गर्न नुवाकोट–धादिङ सीमानामा रहेको बन्चरेडाँडामा ल्यान्डफिल साइट बनाउँदै आए पनि ढिलासुस्तीका कारण अझै निर्माण सम्पन्न हुन सकेको छैन । सरकारले अहिले विकल्पका रूपमा बन्चरेडाँडामा फोहोर व्यवस्थापनको काम गर्दै आए पनि स्थानीयले विभिन्न माग राखेर संघर्ष गर्दा अवरोध हुने गरेको छ ।

तहाचालका ९४ वर्षे वृद्धको गुनासो बालेन कता हराए ?
काठमाडौं । काठमाडौं महानगरपालिका–१३ ताहाचल निवासी ९४ वर्षीय वृद्ध महन्तदास श्रेष्ठले काठमाडांै फोहोरले भरिँदा पनि मेयर बालेन्द्र शाह बेपत्ता भएको भन्दै गुनासो गरेका छन् ।

९४ वर्षीय ती वृद्ध श्रेष्ठले आइतबार राजधानी दैनिकको कार्यालयमा फोन गर्दै आफ्नो गुनासो सुनाएका हुन् । ‘बुढ्यौली शरीरले चारैतिर फोहोर देख्नुप¥यो, हैजा लागेरै मरिन्छ जस्तो छ, ताहाचाल क्षेत्र पनि फोहोरले भरिन थाल्यो काठमाडौंको सबै ठाउँ यस्तै छ भन्छन्, स्वतन्त्र मेयर बालेन्द्र कता हराए कता ?’ श्रेष्ठले प्रश्न गर्दै भने ।

वृद्ध भए पनि टेलिफोनमा लामो समयसम्म बोलेका श्रेष्ठले केन्द्रीय सरकारदेखि स्थानीय सरकारमा रहेकाले ध्यान नदिँदा काठमाडौंवासीले निकै दुःख भोग्नुपरेको बताए । ‘मेरो विनम्र अनुरोध छ, तपार्इं पत्रिका र पत्रकारहरूले सरकार र महानगरपालिकालाई भनेर जसरी पनि ताहाचललगायत काठमाडौंको फोहोर उठाउन लगाउनुप¥यो,’ श्रेष्ठले बिन्ती गर्दै भने ।

उनले ताहाचलमा आफूहरू बिहानको समयमा वरिपरि घुम्न निस्कने भए पनि फोहोरका कारण बाहिर निस्कनै नसेकेको बताए । श्रेष्ठले राजनीतिक दल, तिनका नेताहरू, स्वतन्त्रबाट काठमाडांैको मेयरमा जितेका शाहप्रति पनि आक्रोश पोखे । ‘हिजो दलका नेताहरूलाई भोट नदिएर खोजीखोजी स्वतन्त्रका बालेनलाई भोट दियांै तर आज बालेन र ती दलका नेतामा केही फरक देखिएन,’ श्रेष्ठले राजधानीसँग भने । उनले आपूmले बालेनलाई कैयौंपटक फोन गरेर समस्या भन्न खोजेको तर बालेनको फोन नलागेको स्पष्ट पारे ।

ताहाचलको श्रेष्ठ कोलनीमा बसोबास गर्ने बताएका ती वृद्धले आफ्नो ९४ वर्षको अनुभवमा काठमाडौंमा यसरी पहिलोपटक फोहोर थुप्रिएको देखिएको बताए । ‘पहिलापहिला पनि कहिलेकाहीँ यसरी नै थुपिन्थ्थो तर केही दिनपछि उठाएर खोलामा नै भने पनि फालिन्थ्यो, अहिले त जताततै फोहोरै फोहोर छ,’ श्रेष्ठले भने ।

श्रेष्ठले पटकपटक फोहोर फाल्न लगाउनुप¥यो भन्दै अनुनय विनय गरेका थिए । उनले फोहोरको गन्ध घरसम्मै आउन थालेको भन्दै तत्काल हटाउन नसकिए केमिकल हालेर गन्ध नआउने बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले वर्तमान सरकारप्रति पनि आक्रोश पोखे । ‘अहिले देशमा प्रधानमन्त्री, मन्त्रीहरू छन् र ? कहाँ बस्छन् उनीहरू ? काठमाडांैमै छन् र ? काठमाडांैमा बस्ने भए उनीहरूको आँखाले फोहोर चाहिँ किन नदेखेको होला ? श्रेष्ठको प्रश्नैप्रश्न थियो ।Source : Rajdhani


प्रकाशित : २०७९ श्रावण २३, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित