नौ सय ३४ संक्रमित थपिए, चार सय ७० घर फर्किए


कोरोना भाइरसको सङ्क्रमण सोमबार नौ सय ३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार तीन सय ५१ परीक्षणमध्ये नौ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ८६ पुगेको छ ।

यस्तै सोमबार कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ७० जना घर फर्किएका छन् । अहिलेसम्म नौ लाख ७२ हजार नौ सय ६७ जनामा मानिस स्वास्थ्य लाभ लिई घर फर्किसकेका छन् ।

यस्तै सोमबार कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ७२ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ र कास्की छन् ।

सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट र हुम्ला छन् । यस्तै होम आइसोलेसनमा पाँच हजार पाँच सय नौ जना, संस्थागत आइसोलेसनमा एक सय ७७ जना, सघन उपचार कक्ष (आईसीयू)मा ४७ जना र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ३२ हजार पाँच सय ३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।(रासस)Source : Arthik 


प्रकाशित : २०७९ श्रावण २५, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित