चाडपर्व लक्षित यातायात सुरक्षामा ट्राफिक प्रहरी


महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलक्षित यातायात सुरक्षा असोज १ गतेदेखि लागू हुने जनाएको छ । चाडपर्व प्रत्येक वर्ष आउने भएकाले यात्रु सहजताका लागि ट्राफिक प्रहरी सदैव तयार रहने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । उहाँका अनुसार काठमाडौं उपत्यकाको १४ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना हुनेछ।

दशैँ तिहार मान्न उपत्यका छाडेर आ–आफ्नो थातथलो फर्किने यात्रुहरूलाई बढी भाडा लिने, यात्रु ठगी गर्ने, टिकटलगायत यातायातसम्बन्धी समस्या सहजताका लागि कक्षको स्थापना हुन्छ । कक्षले यात्रु तथा आफ्नो मालसामानको सुरक्षासम्बन्धी सुसूचित गराउने, जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने र विभिन्न जिङ्गलहरु बसभित्र बजाउनेलगायतको काम गर्ने उहाँले बताउनुभयो ।Source :Rajdhani 


प्रकाशित : २०७९ भाद्र २७, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित