काभ्रे जिल्ला समन्वय प्रमुख गौतम बसे अनशन


काभ्रे, फाल्गुन ११

काभ्रे जिल्ला समान्वय समितिका प्रमुख दिपक गौतम आमरण अनशन  बसेका  छन्। धुलिखेल -खावा सडक निर्माण कार्यमा ढिलाई भएको भन्दै गौतम आजबाट आमरण अनशन बसेका छन् ।

विगत केहि वर्ष देखि धुलिखेल -खवा सडकको निर्माण कार्य सुरु भैरहेको छ। निर्माण कार्य ढिला सुस्तिका कारण मुख्यत  विद्याथी, वृद्ध र  ,बिरामी  यात्राको कठिनाइमा  परेका छन् भने व्यवसायीहरु पनि निकै समस्यामा परेका छन्। सडक कार्य मा ढिलाई हुनाले समएमा गन्तव्यमा नपुगिने, माल्गाड़ीहरु सडकमै फसने, जुनसुकै समएमा पनि सडक बन्द हुने जस्ता  विभिन कठिनाइहरु यात्रीले भोग्दै आइरहेका छन् ।

सर्वसाधारण यात्री निकै समस्यामा परेको र निर्माण कार्यमा ढिला सुस्ती नगरी  छिटो भन्दा छिटो कार्य सम्पन्न गराउन गौतमले शो निर्णय  लिएका हुन् । बिगतका दिनमा पनि गौतमले बरु पार्टी छोड्ने तर जनताको साथ नछोड्ने र सडक बनाउन आफुले सक्ने सबै कार्य गर्ने कुरा गर्दै आइरहेका थिए। यस बिषयमा सरकारको ध्यानाकर्ष नगएको र सरकारको ध्यानाकर्ष गराउने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले खावामा आमरण अनसन शुरू गरेका हुन् ।


प्रकाशित : २०८० फाल्गुन ११, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित