के हो डेटिङ एप


मोबाइलमा आफ्नो औला चलाउदै–एकै छिनमा–म्याच..च्याट…डेट- मतलब पहिला एक अर्कालाई रोज्ने अनि कुराकानी गर्ने र पछि भेटघाट गर्ने ।

पहिलेको युगमा यो सबै गर्न महिनौ लाग्दथ्यो, कसैसँग कुरा गर्न र डेटमा जान ठुलै आँट गरेर अगाडी बढ्नु पर्दथ्यो तर अहिले प्रविधिको विकास सँगै संसार द्रुत गतिमा चलिरहेको छ ।

आफुले चाहेको व्यक्ति खोज्न केहि क्षण मात्र लाग्छ, यो सबै स्मार्टफोनको स्क्रिनमा प्रयोगकर्ताले औला कहाँ छुने, हुन्छ वा हुँदैन भन्ने निर्णयमा भर पर्छ र यो सबै नयाँ युगको डेटिङ्ग एपले गर्दा सम्भव भएको हो ।

पछिल्लो समय विज्ञान प्रविधि निकै लोकप्रिय भन्दै आएको छ । मानिसहरू विज्ञान प्रविधिमा आकर्षित भएका छन् । हाल विश्वभर झन्डै गुगल प्ले स्टोरमा डाउनलोड गर्नका लागि ३ लाख ४८ हजार र एप्पल एप स्टोरमा डाउनलोडका लागि २ लाख २२ हजार एप्सहरु रहेको छन् । टिन्डर नेपाल र भारतमा निकै लोकप्रिय डेटिङ एप हो अरु पनि थुप्रै एप छन् जस्तै, बम्बल, ह्यापेन, ट्रुली मेडली, ओके क्यूपिड, ग्राइन्डर आदि ।

 

डेटिङ एप

डेटिङ एप मोबाइलमा इन्टरनेटक माध्यमबाट चल्ने एक साधारण एप जस्तै देखिन्छ तर यसले प्रयोगकर्ताको जीवनमा विशेष प्रकारको प्रभाव पर्दछ । उक्त एपले मानिसलाई मन पर्ने अर्को मानिस संग जोड्ने काम गर्छ । यहाँ प्रयोगकर्ता एकाअर्कासँग फ्लर्ट गर्छन्, कुराकानी गर्छन् र माया-प्रेम गर्न थाल्छन् साथै कतिपयको यस्तै एपको माध्यमबाट विवाह पनि हुन्छ । यो एप लोकेशनमा पनि आधारित हुन्छ, जसको मतलब मानसिको नजिकैको स्थान, वरपरको साथी खोज्न सजिलो हुन्छ ।

टिन्डर नेपाल र भारतमा निकै लोकप्रिय डेटिङ एप हो अरु पनि थुप्रै एप छन् जस्तै, बम्बल, ह्यापेन,  ट्रुली मेडली, ओके क्यूपिड, ग्राइन्डर आदि । प्राय सबै एप निशुल्क प्रयोग गर्न मिल्छ तर यी एपहरु पैसा तिरेर राम्रो जोडी खोजिदिने दावी पनि गर्छन् । उक्त एपमा प्रयोगकर्ताको म्याच तयार गर्न, लोकेशनदेखि उमेर र सेक्शुअल ओरिएन्टेशनको आधारमा मानिसलाई भेटाउने काम हुन्छ ।

मिनाक्षी २४ वर्षकी भईन् उनि छुट्टै-छुट्टै शिफ्टमा काम गर्छिन् र थुप्रै यात्रा पनि गर्छिन् । उनी भन्छिन्, “अरु मानिससंग भेट्ने फुर्सद हुँदैन” त्यसैले पनि उनले टिन्डर डाउनलोड गरेकी छिन् , त्यहाँ उनले थुप्रै केटाहरुको प्रोफाइल हेरेकी छिन् ।

टिन्डरमा एक स्वाइपिङ्ग टूल हुन्छ, आफुलाई मन पर्ने प्रोफाइल राइट स्वाइप गर्यो र मन नपरेकोलाई लेफ्ट स्वाइप गर्नुपर्छ । यदी दुवै एकअर्कालाई मन पर्यो भने राइट स्वाइप गर्छन् र दुवै पक्ष मन पर्यो भने तिनीहरु एउटा ‘म्याच’ बन्नेछन् । टिन्डरको अनुसार यसको प्रायजसो प्रयोगकर्ता १८ देखि ३० वर्ष उमेर समूहका हुने गर्दछन् ।

टिन्डरको वेबसाइटको अनुसार विश्वमा हरेक दिन दुई अरब मानिस टिन्डर प्रयोग गर्छन्,  हरेक हप्ता दश लाख डेट्स यसको माध्यमबाट हुन्छ । अहिलेसम्म ३० अरब भन्दा धेरै मानिस यसको माध्यमबाट म्याच भएका छन् वा भेट भएका छन् र एक सय ९० देशमा मनिसहरु यसको प्रयोग गर्छन् ।

भारतको लागि टिन्डरको मुख्य प्रवन्धक तरु कपूर भन्छिन्, “पढाई र कामको व्यस्तताको कारण अहिलेको युवाहरुको सर्कल निकै सानो छ, उनीहरुको एक-दुई जना बाहेक साथी हुँदैनन्  ।

डेटिङ्ग एपको चलन लोकप्रिय हुनुको कारण पनि मानिस साग विचार र रोजाइ मिल्ने अरु नयाँ मानिसहरुसँग बोल्न चाहन्छन्, आफुलाई मनपर्ने मानिससँग भेट्न चाहन्छन् ।

मिनाक्षीले अरु थुप्रै डेटिङ्ग एप पनि प्रयोग गरिन् । उनि ती डेटिङ एपको माध्यमबाट कतिपय यस्तो मानिससँग भेटिन्, जसलाई उनले कहिले पनि भेटेको वा कतै देखेको पनि थिइनन् । त्यसैले मानिसहरुलाई लाग्छ डेटिङ एपले उनीहरुको यस सिमानालाई बढाएर ठुलो बनाएको छ ।

तरु कपुर भन्छिन्, ‘पहिला मानिस आफु जन्मेर ठुलो हुने क्रममा स्कुल जान्थे र सबै जीवन नै त्यसैमा केन्द्रित हुन्थ्यो तर अहिलेको नयाँ पिंढी, पढाई र कामको लागि अलग-अलग शहरमा जान्छन् । त्यहाँ उनीहरु आफ्नो नयाँ सर्कल बढाउन चाहन्छन् । आजको समयमा सबै जनासँग स्मार्टफोन हुन्छ ।

मानिसहरु आफ्नो यस व्यक्तिगत उपकरणको माध्यमबाट प्राय सबै काम गर्छन् । आजका युवा आफ्नो जिन्दगीमा नियन्त्रण पनि चाहन्छन् र आफ्नो जिम्मेवारी पनि लिन्छन् । महिलाहरुमा जब शिक्षा र आर्थिक आत्मनिर्भरता बढ्दै जान्छ, उनिहरु आफ्नो करियर, परिवार, साथी-भाई, प्रेम-विवाहको बारेमा आफै निर्णय लिन चाहन्छन्  ।

रिलेशनशीप एक्सपर्ट निशा खन्ना भन्छिन्, “आजकल जब सम्म युवा आफ्नो करियर सेट गर्दैनन् तब सम्म प्रेम र विवाहको बारेमा सोच्दैनन् र त्यस समय सम्म उनीहरु ३०-३५ वर्षका हुन्छन् तर आफुसंगै घुम्न जाने मानिस वा पार्टनर चाहन्छन् ।

डेटिङ एपमा कतिपय मानिस यस्तो छोटो अवधिको सम्बन्ध खोजिरहेका हुन्छन् । टिन्डर र बम्बलमा मानिस यौन सम्बन्धको लागि जाने गर्दछन् र यस्तो शार्ट टर्म रिलेशनको लागि जान्छन् जसमा भावनात्मक संलग्नता हुँदैन ।

 


प्रकाशित : २०७९ श्रावण ११, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर