लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवीलाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान


चितवनको लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवी लाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ ।  शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै स्कुलका प्रिन्सिपल फादर रोवीलाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । संयुक्त राज्य अमेरिका-भारत एसएमई काउन्सिलले उक्त अवार्ड शुक्बार प्रदान गरेको स्कूलका प्राचार्य फादर रोबीले जानकारी दिए ।अमेरीकाको वासिन्टन डिसीमा आयोजित एक भव्य समारोहमा अमेरिका- भारत एसएमई काउन्सिल अफ अमेरिकाले अवार्ड प्रदान गरेको हो ।

प्राचार्य रोबीका अनुसार संयुक्त राज्य अमेरिका-भारत एसएमई काउन्सिल अफ अमेरिकाले यो पुरस्कार प्रदान गरेको हो। वाशिंगटन, डीसीमा, माननीय थोमस ई. डर्नोगा, यूएस काउन्सिल प्रतिनिधि, र यूएस इन्डिया एसएमईका लागि मुख्य कार्यकारी अधिकारी श्री एलिशा पुलिवार्तीले उहालाई सम्मानित व्यक्तिहरूको ठूलो समूहको अगाडि पदक दिए।  अमेरिकामा उपलव्ध गराइएको प्रतिष्ठित अवार्ड नेपालकै इतिहासमा यो पहिलोपटक हो ।

 

 

शिक्षा क्षेत्रमा लामो समयदेखि गरेको योगदानको कदर स्वरुप प्रदान गरिएको अवार्डले आफुलाई अत्यन्त उत्साहति बनाएको भन्दै गौरवको अनुभुति गरको स्कुलका प्रिन्सिपल फादर रोवीले बताउनुभयो ।विगत १२ वर्षदेखि लिटिल फ्लावर स्कुलमा आवद्ध रहनुभएका रोवी आठवर्षदेखि प्रिन्सिपलको रुपमा कार्यरत हुनुहुन्छ । उहाँकै नेतृत्वमा स्कुलले शिक्षा क्षेत्रमा हरेकवर्ष फड्को मार्दै गैरहेको छ ।


प्रकाशित : २०७९ श्रावण १४, शनिबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर