घर निर्माण र सजावटमा वास्तु विज्ञान


आवास होस् वा अफिसियल भवन, किनबेच गर्नुप¥यो भने वास्तुशास्त्रअनुसार बनेको छ कि छैन भनेर हेर्ने चलन अहिले व्यापक हुँदै गएको छ । हुन पनि घर निर्माण गर्दा इन्जिनियरले त्यो घरलाई कसरी बलियो र आकर्षक बनाउने भन्ने कुरामा ध्यान दिन्छन् भने वास्तुशास्त्रीले सो घरमा बस्ने मानिसलाई स्वस्थताका साथै आर्थिक, सामाजिक, मानसिकरूपमा कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा जोड दिन्छन् ।

‘बेड देख्दा आरामदायी छ तर त्यसमा सुत्दा निद्रा नै लाग्दैन भने वास्तुशास्त्रअनुसारको स्थानमा बेड सार्नुप-यो नि’, गर्गाचार्य अ कम्प्लिट वास्तु सोलुसनका युवा वास्तुविद् श्यामबाबु आचार्य बताउनुहुन्छ । उहाँका अनुसार दैनिक जीवनमा प्रभाव पार्ने सूर्यको किरण, हावाको बहाव, विद्युतीय तरंग, कस्मिक इनर्जी, चुम्बकीय ध्रुव आदिको संयोजन सन्तुलितरूपमा गर्न सकिएन भने जीवनमा नै नकारात्मक प्रभाव पर्छ । यिनै तत्वहरूको संयोजन मिलाएर आवास भवन, कार्यालय वा कोठाहरूको व्यवस्थापन गर्नुपर्छ ।

पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्ने भएकाले भवन बनाउँदा नै सो भवनको पूर्वी भाग केही होचो हुने किसिमले बनाउनुपर्ने हुन्छ । बिहान घरको पूर्वी भागमा बनाइएको कौसीमा टहल्ने ग¥यो भने स्वास्थ्यमा फाइदा पुग्छ । हुनेसम्म ऋषिमुनिहरूद्वारा प्रतिपादित वास्तु विज्ञानलाई अवलम्बन गरी स्वस्थ, यश, ऐश्वर्य र सुखशान्तिको जीवन जिउनुमा कल्याण हुने वास्तुविद्हरूको राय छ ।Source : News of Nepal 


प्रकाशित : २०७९ श्रावण १८, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर