शुरू भयो इन्द्रजात्रा


उपत्यकाको जात्राहरूमा प्रमुख जात्राको रुपमा लिइने इन्द्रजात्रा बुधवारदेखि विधिवत् शुरू भएको छ ।

बिहान ७:१७ को शूभ साइत पारेर ईन्द्र ध्वज लिङ्गो विधिवत  ठड्याएपछि राजधानीमा इन्द्रजात्रा पर्व शुरू भएको छ ।

इन्द्रजात्रा को प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । नेपाली सेनाका जवान तथा गुठियारहरू काे सहभागितामा लिङ्गो उठाइएको थियो । उक्त समयमा  सेतो घोडाको पनि उपस्थिती गराइएको थियो भने उठाउनुपूर्व किलागलकाे देवी नाच पनि प्रदर्शन गरिएको थियो ।

सो अवसरमा संस्कृतिमन्त्री जीवनराम श्रेष्ठ तथा काठमाडौ महानगरकी उपमेयर सुनिता डंगोलकाे पनि उपस्थिति थियो ।


प्रकाशित : २०७९ भाद्र २२, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित