मोबाइल बैंकिङ प्रयोगकर्ता बढ्दै


 नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गरेकै कारण पछिल्लो समय नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ । डिजिटल कारोबार सरल, सहज, झन्झटमुक्त र सुरक्षित भएकै कारण मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ सम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुको संख्या एक करोड ८३ लाख सात हजार दुई सय २५ पुगेको छ । सो अनुसार सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमा रहेका मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुको संख्या एक करोड ६० लाख ९१ हजार चार सय ६४ रहेको छ ।

क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुमा रहेको मोबाइल बैंकिङ ग्राहकको संख्या भने २१ लाख १४ हजार पाँच सय ५९ रहेको छ । यसैगरी सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमा भने मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहहरुको संख्या एक लाख एक हजार दुई सय ३२  छ ।

राष्ट्र बैंकका अनुसार इन्टरनेट बैंकिङ प्रयोगकर्ता ग्राहकहहरुको संख्या भने १६ लाख ८४ हजार तीन सय १० रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा १२ लाख ७९ हजार चार सय ७५, विकास बैंकहरुमा तीन लाख ९४ हजार पाँच सय ६३ र फाइनान्स कम्पनीहरुमा १० हजार दुर्ई सय ७२ जना इन्टरनेट बैंकिङ ग्राहक छन् । डेबिट कार्ड प्रयोगकर्ता ग्राहकको संख्या भने आव २०७८/०७९ मा एक करोड आठ लाख ५६ हजार तीन सय ५७ छ । सोमध्ये वाणिज्य बैंकहरुमा रहेको डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या एक करोड दुई लाख ७४ हजार चार सय १३ छ भने विकास बैंक फाइनान्स कम्पनीहरुमा यस्तो संख्या क्रमशः पाँच लाख ३८ हजार छ सय ७२ र ४३ हजार दुई सय ७२ छ ।

बैंकिङ क्षेत्रमा क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या दुई लाख ३८ हजार सात सय ९४ छ । राष्ट्र बैंकका अनुसार विकास बैंक र फाइनान्स कम्पनीहरुमा भने क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या शून्य छ । यसैगरी प्रिपेड कार्ड प्रयोगकर्ता ग्राहकहरुको संख्या एक लाख पाँच हजार एक सय २१ छ । विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि प्रिपेड कार्ड प्रयोगकर्ताहरुको संख्या शून्य छ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा सञ्चालनमा रहेका एटीएम काउन्टरको संख्या भने चार हजार छ सय दुई छ । जसमध्ये वाणिज्य बैंकहरुको चार हजार दुई सय ३५, विकास बैंकहरुको तीन सय २३ र फाइनान्स कम्पनीहरुको ४४ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैकद्वारा प्रत्यक्ष वैदेशिक लगानीको  प्रयोगसम्बन्धी रिपोेर्ट सार्वजनिक
नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीको प्रयोगसम्बन्धी अनुसन्धानान्तमक रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार उक्त रिपोर्ट राष्ट्र बैंकबाट प्रत्यक्ष वैदेशिक लगानीको लागि स्वीकृति लिएका छ सय चार वटा फर्ममध्ये एक सय ९७ वटा फर्ममा आधारित रहेर उक्त रिपोर्ट तयार गरिएको हो ।

उक्त रिपोर्टअनुसार नेपालमा प्रत्यक्ष वैदेशिक लगानी १४ दशमलव आठ प्रतिशतले बढेर २२७.९ बिलियन पुगेको छ । नेपालले २०२१ को जुलाईसम्मममा ५५ वटा विभिन्न राष्ट्रहरुबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको देखिएको छ । जसमध्ये टप पोजिसनमा इण्डिया रहेको छ ।

इण्डियाबाट मात्र नेपालले ७५.८ बिलियन वैदेशिक लगानी भित्र्याएको छ भने चाइनाबाट ३३ बिलियन विदेशी लगानी भित्र्याएको छ । यसैगरी आयरल्याण्डबाट १६.५ बिलियन, सिंगापुरबाट १५.५ बिलियन र सेन्ट किट्स एण्ड नेभिजबाट १४.५ बिलियन बिदेशी लगानी भित्र्याएको छ ।Source : Arthik 


प्रकाशित : २०७९ भाद्र ३०, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर