न्युयोर्कमा नेपाली संगीत


अमेरिकाको न्युयोर्कस्थित डाइभर्सिटी प्लाजा, क्विन्समा हालै पहिलोपटक खुला स्थानमा नेपाल अमेरिकन म्युजिक फेस्टिभल आयोजना गरिएको छ।

कार्यक्रममा नेपाली गायक तथा नर्तकहरूले गीत संगीत र नृत्य पस्केर नेपाली, अमेरिकी र बंगालीलगायत दर्शकलाई मनोरञ्जन दिलाएका थिए।

न्युयोर्कका मेयर एरिक एडम्सले नेपाली संगीत र संस्कृतिलाई विश्वमा प्रवद्र्धन गर्न मद्दत गर्न फेस्टिभल आयोजना गरेकामा आयोजकलाई बधाई दिएका थिए। उनले गायिका सपनाश्री, फिरोज स्याङदेन, पेमा छेवाङ शेर्पा र सुरजसिंह ठकुरीलाई अवार्ड प्रदान गरेका थिए।
सुरज सिंहले सञ्चालन गरेको कार्यक्रममा फिरोज स्याङन, हरि कर्माचार्य ९अन्धो मान्छे०, दीपेशकिशोर भद्मराई, सञ्जीप प्रधान, रेश्मा सुनुवार, तिलक बम मल्ल, विमल डाँगी, निशा सुनार र सञ्जोक योञ्जनले गीत संगीत प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए। त्यसैगरी, कविना सिंह, येसेर्ग गुरुङ र रुतमान गुरुङ, अरमानी महर्जन, ममता राई र वसन्त डान्स सेन्टरले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा डीजे जाङगोले पनि दर्शक झुमाएका थिए।

बुद्ध कर तथा लेखा विभागका सीपीए पशुपति श्रेष्ठ, रेभेल इभेन्ट्स इन्कका राजेश हमाल र न्युयोर्कका रियल स्टेट सेल्स म्यान नवराज केसीले पहिलोपटक खुला स्थानमा यो फेस्टिभल आयोजना गरेका हुन्। कार्यक्रममा करिब चार हजार दर्शकको उपस्थिति रहेको आयोजकले जनाएका छन्।


प्रकाशित : २०७९ कार्तिक १, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित