१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम सञ्‍चालन गर्दै आयोग


आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चाल्नको तयारी गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए ।

आयोगका अनुसार मतदाता शिक्षाका लागि सामग्री जिल्ला पुगिसकेकाले अब कार्यक्रम सञ्चालन हुने भएको हो । मतदाता शिक्षा कार्यक्रम १ करोड ८० लाख मतदातासमक्ष पुर्‍याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गरिने भएको छ ।

एउटा स्वयंसेवकले १५ जनाको समूहमा दुईटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछन् । आयोगले स्वयंसेवक छनोट गरिसकेको छ ।


प्रकाशित : २०७९ कार्तिक १४, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित