यूएईले दियो नेपाललाई २६४ रनको लक्ष्य


यूएईले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई २ सय ६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रनको योगफल तयार पारेको हो।

युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रन बनाए। एलिशन शाराफुले २९ रन बनाए भने बसिल हामिदले १४ तथा कप्तान सिपि रिजवान २ रनमा आउट भए । आयन हफ्जल खानले २६ रन जोड्दा आउट भए भने अहमेद राजाले अविजित २७ रन बनाए।

नेपालका गुलशन झाले २ विकेट लिए। सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । नेपालले अर्जुन साउद र हरिशंकर शाहलाई डेब्यु गर्न दिएको छ। नेपालले सेप्टेम्बरमा केन्या भ्रमण गर्दा अर्जुनले ३ एकदिवसीय खेल खेले पनि एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो पटक खेल्न लागेका हुन्।

हरिशंकरले राष्ट्रिय टोलीबाट कुनै पनि संरचनामा पहिला खेल खेल्न लागेका हुन्। नेपालको कप्तानका रुपमा रोहित पौडेलको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा खेल हो। नेपाल क्रिकेट संघले चार दिन अघि उनलाई कप्तान बनाउने निर्णय गरेको थियो ।नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।Source : Nepaltop 


प्रकाशित : २०७९ कार्तिक २८, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर