सातामा ४३ अंकले बढ्यो नेप्से


निर्वाचन हुने अन्तिम सातामा नेप्से परिसुचकमा बृद्धि भएको छ । निर्वाचन संगै नेपाल राष्ट्र बैैकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको असोज मसान्त सम्मको तथ्यांकले देशको आर्थिक सुचकांकहरु सुधारोन्मुख भएको तथ्यांक सार्वजनिक गरे पछि त्यस्को प्रभाव नेप्सेमा परेको छ ।

सोही कारण सेयर बजार ४३ दशलमव १३ अंकले बढेको अने । अघिल्लो साताको अन्तिम दिन बिहीबार १ हजार ८ सय ९३ दशमलव ७१ बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम दिन १ हजार ९ सय ३६ दशमलव ८४ बिन्दुमा पुगेको हो ।

कात्तिकको अन्तिम साताका रूपमा रहेको गत साता नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । गत साता समग्रमा ५ अर्ब ३१ करोड ९४ लाख ९७ हजार ७ सय ३३ रुपियाँ ४१ पैसा बराबरको कारोबार भएको छ । साताका पाँच दिनमध्ये तीन दिन बजार बढेको थियो भने २ दिन घट्न गएको थियो ।

गत साताको पहिलो आइतबार १०.५४ अंकले बजार घट्दा ७७ करोड ४९ लाख ११ हजार ७ सय ६ रुपियाँ ६५ पैसा, सोमबार २१.२६ अंकले बजार बढ्दा ९४ करोड ६० लाख ८९ हजार ५ सय २१.२२ रुपियाँ, मंगलबार ६.५९ अंकले बजार घट्दा १ अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० रुपियाँ ४२ पैसा, बुधबार १३.४० अंकले बजार बढ्दा ८५ करोड ९४ लाख ६८ हजार १ सय ५८.३ रुपियाँ र साताको अन्तिम दिन बिहीबार बजार २५.५७ अंकले बढ्दा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २ सय ८६.८२ रुपियाँ बराबरको कारोबार भएको थियो ।

गत साताको पाँच कारोबार दिनमा ७ अर्ब २३ करोड ७१ लाख रुपियाँको १ करोड ८४ लाख ४३ हजार ७ सय ९८ कित्ता सेयर खरिद–विक्री भएको थियो । तर, पछिल्ला साताको पाँच कारोबार दिनमा १ करोड ४१ लाख ५ हजार १ सय ५७ कित्ता सेयर ५ अर्ब ३१ करोड ९४ लाख रुपियाँमा खरिद–विक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ । गत साताको तुलनामा पछिल्लो साता १ अर्ब ९१ करोड ७६ लाख रुपियाँ कमको सेयर खरिद–विक्री भएको छ ।

अघिल्लो साताको तुलनामा सेन्सेटिभ इन्डेक्स ८.६९ अंक बढेको छ । अघिल्लो साता ३७२.३७ बिन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स गत साताको अन्तिम दिन वृद्धि भएर ३८१.०६ बिन्दु कायम भएको छ । नेप्से परिसुचकमा वृद्धि भएसँगै सर्वसाधारणको सम्पत्तिको मूल्यमा वृद्धि भएको छ । गत साताको अन्तिम दिन कुल बजार पुँजीकरण २७ खर्ब २३ अर्ब रुपैयाँ कायम भएकोमा उक्त रकम ६२ अर्ब १६ करोड रुपैयाँ बढेर २७ खर्ब ८६ अर्ब २ करोड रुपियाँ कायम भएको छ ।Source: Sourya Dainik


प्रकाशित : २०७९ मंसिर ५, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित