निर्वाचनमा पराजय भोगेका जापानका प्रधानमन्त्री तत्काल सरकारबाट नबाहिरिने


टोकियो, कात्तिक १२ गते । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याएपनि सरकारको नेतृत्वमा रहिरहने प्रतिबद्धता जनाउनुभएको छ ।

एलडिपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाउनुभएको हो ।

 

इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टुबर २७ का लागि निर्वाचनको घोषणा गर्नुभएको थियो ।

 


प्रकाशित : २०८१ कार्तिक १२, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित