राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान


काठमाडौँ , कार्तिक २५ गते। राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान गर्नु भएको छ।

राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्न अजरबैजान प्रस्थान गर्नुभएको हो। सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०८१ कार्तिक २५, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित