देउवाले बोलाए केन्द्रीय कार्यसमितिको बैठक


काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।कांग्रेसले आगामी वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरि बैठक बोलाएको हो ।

बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई डाकिएको उनले बताए ।
राजनीतिक वजारमा सरकार परिवर्तनको हल्ला भैरहेको सन्दर्भमा यो बैठकलाई धेरैले चासोको रुपमा हेरिरहेका छन् ।


प्रकाशित : २०८२ बैशाख २, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित