आजको मौसम हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना


काठमाडौं । आज देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । अहिले गहुँ, मसुरो जस्ता बाली काट्ने समय भएकाले आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर मात्र बाली काट्नुपर्ने उनीहरुको सुझाव छ ।

त्यसको प्रभावले बिहीबार बिहान कोशी र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बैतडी, बझाङ र दार्चुलामा पनि हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर वर्षाको सम्भावना रहेको छ ।

बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आजदेखि पानी पर्ने नयाँ प्रणालीको प्रभाव भएका कारण आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ।

काठमाडौंमा पनि बिहीबार दिउँसो हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रकाशित : २०८२ बैशाख ४, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित