अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा


काठमाडौं| राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन जना सांसदलाई सिंहदरबार भित्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अध्यक्षसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको लिङ्देनका स्वकीय सचिव चन्द्र कठायतले पुष्टि गरे ।उनीहरुलाई नियन्त्रणमा लिने क्रममा दीपक सिंह पनि सँगै थिए । तर उनी प्रहरीको हातबाट उम्किएर बिजुलीबजार–बानेश्वर क्षेत्रको प्रदर्शनस्थलमा पुगेका थिए ।

उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अङ्कित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेका थिए ।

पक्राउ पर्नुअघि राप्रपा सांसदहरू संसदीय दलको कार्यालयमा रोकिएका थिए । त्यतिबेला अस्वभाविक रुपमा प्रहरी परिचालन गरिएको भन्दै अध्यक्ष लिङ्देनले आपत्ति समेत जनाएका थिए ।


प्रकाशित : २०८२ बैशाख ७, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित