राप्रपा अध्यक्ष लिङ्दनेसहित सातै जनालाई छाडियो


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहेका सातै जनालाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएका सातै जनालाई छाडिएको परिसरका एसपी अपील राज बोहराले बताए ।

छुट्नेहरुमा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल छन् । उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।


प्रकाशित : २०८२ बैशाख ७, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित