चलचित्र ‘कार्की साइँला’मा जितु नेपाल र वर्षाले जोडी बाँध्ने


काठमाडौं । आगामी फिल्म ‘कार्की साइँला’मा जितु नेपाल र वर्षा सिवाकोटीले जोडी बाँध्ने भएका छन् | सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको शुभ मुहूर्त गरिएको हो ।

जितु र वर्षाले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।सिनेमामा वर्षा र जितुको अलावा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर मनिल तामाङ रहेको छ ।  कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्रमा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । चलचित्रका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।बालकुमार राई र श्याम मगर निर्माता रहेको चलचित्रले ग्रामीण जीवनको कथा भन्नेछ । भुईं मान्छेको कथालाई चलचित्रमा प्रस्तुत गरिने निर्देशक बस्नेतको भनाइ छ ।पटकथा र संवाद अजित लामिछानेको छ । एक्सन कोरियोग्राफी राजु किराँती, संगीत बाबुल गिरी, नृत्य कमल राईको हुनेछ ।

चलचित्रको मूल पात्र एक भरिया हुन्, जसको जीवन संघर्ष र संवेदनालाई पर्दामा उतारिने छ । नेपाली सिनेमामा मौलिक कथावस्तु र ग्रामीण सन्दर्भ समेटेर फरक स्वाद दिने तयारीमा रहेको निर्माणपक्षको भनाइ छ ।बैशाख २० गतेदेखि धनकुटा जिल्लाको विभिन्न स्थानमा छायांकन गरिने यो फिल्मको बाँकी अभिनय कलाकारबारे खुलाइएको छैन ।


प्रकाशित : २०८२ बैशाख ८, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित