तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार राति कोशी, गडकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
आगामी तीन दिन उल्लेखनीय पानी पार्ने प्रणाली सक्रिय नहुने मौसमविद्ले बताएका छन्। आउँदो शनिबारबाट मात्रै पानी पार्ने प्रणाली सक्रिय हुनेछ। त्यसपछि देशका विभिन्न ठाउँमा वर्षा हुने पूर्वानुमान पनि गरिएको छ।
त्यस्तै मौसमविद्हरूले सुदूरपश्चिम प्रदेशका केही केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री मापन गरिएको बताएका छन्।


प्रकाशित : २०८२ बैशाख ११, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित