महाभूकम्पको स्मरण गर्दै हिमालयन वाल्डर्फले निकाल्यो र्याली


काठमाडौँ |आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । महाभूकम्पको स्मरण गर्दै नागार्जुन नगरपालिका वडा नं १ रानीवन अवस्थित हिमालयन वाल्डर्फ विद्यालयले मानविय मूल्य मान्यतालाई स्मरण गर्दै जनचेतना जगाउँदै र नयाँ पुस्तालाई सन्देश र पुरानाहरूलाई महाविपत्तीको अवस्थालाई स्मरण गराउदै , मानव मूल्य समाजमा स्थापित गर्ने उदेश्यले र्याली निकालेको कुरा त्यही पढाउने नेपाली शिक्षक दिपक भट्ट सरले बताउनुभएको छ |

“हामीले हाम्रो परिवेशको संदेश आम नागरिकलाई दिनुपर्छ भन्ने मान्यतामा आधारित रहेर आजको दिनलाइ स्मरण गर्दै र्याली निकालेको उहाको भनाइ रहेको छ | नैतिक मुल्य र मान्यता तथा दायित्व सिकाउने सस्थाहरु भनेको मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक सस्थाहरु तथा अन्य सान्दर्भिक सस्थाहरु हुन्|  समाजमा यस्ता संस्थाहरुको भूमिका अझ गहन र जिम्मेवार हुनुपर्दछ ।

बिहान ८ बजे देखि विधालय परिवार , ८ मार्च का पञ्चेबाजा बजाउने महिला दिदि बहिनिहरुले आफ्नो कला प्रस्तुत गर्दै ‘ नागार्जुन १ रानीबन तीनधारा चोक देखि निकालिएको र्याली बिजुली चोक , प्रकृतिचोक , राधा कृष्ण मन्दिर , नर्सरी चोक .  भृकुटी टोल , खरिबोट , नागरिक बजार , बल्छी फुत्सल , बाटिका बिधालय ,  नाग भुसन मन्दिर हुदै बिधालय  प्रांगणमा विधालयका प्रधानाध्यापक कृष्ण अधिकारीले र्याली समापन गर्दै कार्यक्रम अन्त्य गर्नुभयो |


प्रकाशित : २०८२ बैशाख १२, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित