सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प


काठमाडौं । १० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेका बेला सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर सो भूकम्पले क्षति पुगेको भने छैन । यसअघि हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको थियो ।आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर सो भूकम्पले क्षति पुगेको भने छैन ।


प्रकाशित : २०८२ बैशाख १२, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित