काठमाडौं महानगरले दियो शोक बिदा


काठमाडौं |  काठमाडौँ महानगरपालिकाले आज शोक बिदा दिएको  छ ।महानगरपालिकाले आज एक सूचना जारी गर्दै डंगोलले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत् रुपान्तरणमा पुर्‍याएको योगदानको सम्मानस्वरूप बिदा दिने निर्णय गरिएको जनाएको छ ।लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डंगोलको गए राति निधन भएको थियो। नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेका डंगोलको गएराति सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो।

अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयमा बिदा दिइएको प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ ।

 


प्रकाशित : २०८२ बैशाख १४, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित