डोल्पामा बिहान भूकम्प, ४ म्याग्निच्युडको कम्पन


काठमाडौं । डोल्पामा भूकम्प गएको छ । आज बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो । डोल्पाको कान्जिरोवा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो ।


प्रकाशित : २०८२ बैशाख १४, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित