साताको पहिलो दिन सेयर बजारमा कारोबार रकम उल्लेख्य बढ्याे


काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज ३ अर्बले कारोबार बढेको छ । अघिल्लो दिन ७ अर्ब ८७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८७ करोडको भयो । उच्च कारोबारका बीच बजारको परिसूचक नेप्से सामान्य अंक बढेको छ ।

नेप्से परिसूचक ३.५८ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६६१ मा कायम भएको छ । कारोबारकै क्रममा १२ : २५ बजे २६८४ अंकसम्म पुगेको थियो । आज सबैभन्दा धेरै बढ्नेमा लगानी सेक्टर छ भने घट्नेमा फाइनान्स ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.०२ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ मध्ये ६ कम्पनीको सेयरमूल्य बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।


प्रकाशित : २०८२ बैशाख १४, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित