नेपाली सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक


काठमाडौं । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।मंगलबार काठमाडौंमा उनको स्विटर साँझ कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
नवीन चौहानले निर्देशन गरेको यस फिल्ममा अभिनेता विपीन कार्की र मिरूना मगर मुख्य भूमिकामा रहेको छन् भने चलचित्रमा विल्सनविक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बूको पनि प्रमुख अभिनय छ । यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति र सम्बन्धका उतारचढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने जर्मको गरेको छ ।

ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पार्छ । लेककी गुरुङसेनी युवती र औलको काफ्ले ब्राम्हण युवकबीचको ‘सरल र सहज’ प्रेम सम्बन्ध र त्यसबीचमा आउने जातीय अन्तर्विरोधको कथा यसमा छ ।यस्तै ट्रेलर सार्वजनिक पश्चात कलाकार मिरुना मगरले आफू पूरै गुरुङको भूमिकामा रहि उनको स्विटरले दिने न्यानोपनको जस्तै न्यानोपनको महसुसगरी माया दिने पनि मौका पाएको बताइन् ।
‘चलचित्र घोषणादेखि अहिलेसम्म जतिपनि विषयबस्तु आएको छ मिडियाका साथिको साथै हाम्रा दर्शक सबैले धेरै माया दिनुभएको छ । त्यसको लागि मनैदेखि धन्यवाद । उनको स्विटर र आर्टमाण्डु टिमले मलाई यस्तो पात्र थमाइदिनुभएको फुल गुरुङ को जुन मैले गर्दा उनको स्विटरले दिने न्यानोपनको जसरी मैले त्यो न्यानोपनको महसुसगरी माया दिने पनि मैका पाए,’ उनले भनिन् ।

आर्टमाण्डुको ब्यानरमा निर्माण भएको यो फिल्मलाई विदेशमा सेभेन सिज इन्टरनेसनल र नेपालमा काफिया फिल्म्सले वितरण गर्दैछ । ‘ऊनको स्वीटर’ बैशाख २६ गते (मे ९)मा रिलिज तयारीमा छ ।


प्रकाशित : २०८२ बैशाख १६, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित