प्रिय कफी !  ,


तरलतामा तिमी जस्तै हुन् पाउँ ल !!

पिउँदा तितो भएनि ,

अन्तमा मिठासको अनुभूति दिलाउन पाउँ ।

पोखिँदा वस्त्रमा दाग छोडे झैं,

छुट्टिँदा अन्तर हृदयमा छाप छोड्न पाउँ ।

रङ्गमा सदा कालो भएनि , रूपमा निखारता ल्याई

सदैव आकर्षक्ता छर्न पाउँ ।

अरु सँगै रहँदा , काम र नाममा बदलाव ल्याए झैं

बिहानीको उज्यालो सँगै , हरेक को तृष्णा मेट्न पाउँ ।।

@ ब..santa


प्रकाशित : २०८२ बैशाख १७, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित