सुनचाँदीको मूल्य घट्यो


काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

मङ्गलबार तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८८ हजार १ सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


प्रकाशित : २०८२ बैशाख १७, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित